अक्सबृजमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत “स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै “

बुटवल ।
अक्सबृज इन्टरनेशनल एकेडमीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि एकेडेमीले ल्याब टेक्निसियन र एचए मा अध्ययन गर्ने ७० जना नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।

स्वागत कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले प्राविधिक शिक्षा जीवन उपयोगि शिक्षा भएकाले लगनशिल भएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । साथै प्राविधिक शिक्षा मानव जीवनसँग जोडिएकाले सेवाको भावनाले काम गर्नु पर्ने भएकाले यो शिक्षा समाजका लागि अति अपरिहार्य र महत्वपूर्ण रहेको बताए । उनले परीक्षाको समयमा मात्रै धेरै अध्ययन गर्नु भन्दा नियमिति रुपमा नै समय निर्धारण गरेर अध्ययन गर्दा सफलता मिल्ने बताए ।

एकेडेमीका कार्यवाहक अध्यक्ष गोविन्द खनालले आफुहरुले विद्यार्थीहरुलाई सौद्धान्तिक रुपमा भन्दा पनि व्यवहारिक रुपमा अध्ययन गराउने भएकाले विद्यार्थीहरुले धेरै कुरा सिक्ने पाउने बताए । साथै उनले अक्सबृजमा अध्ययन गरेका विद्यार्थीहरु अध्ययन सके पछि धेरै राम्रो काम गरेको भन्दै नव आगन्तुक विद्यार्थीहरुले निरन्तरता दिनेमा आफु् विश्वस्त रहेको बताए। यस्तै एमडी डिपि खनालले पनि नयाँ विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको बताए । अध्ययनका क्रममा सिकेका ज्ञान ब्यवहारिक जिवनमा उपयोग हुने बताए । अक्सवृज्ञ अब एकेडेमीमात्र नरहेर समाजमा निरन्तर ज्ञान बाड्नै आएको उनले बताए । एउटा सामान्य भाषा एकेडेमी हुँदै अहिलेसम्मको अवस्थामा रुपान्तरण हुनुमा संस्थाका सबै सरोकारवाला निकायहरु, विधार्थी, अभिभावकहरुको योगदान रहेको उनले बताए । एउटा महत्वपूर्ण संस्थाका रुपमा चिनिने गरि अघि बढेको उनले बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा.कृष्ण खरेलले प्रविधिको उपयोगमा युवापुस्ताबाट ध्यान दिन जरुरी रहेको बताए । प्रविधि अहिलेको युगको आवश्यकता भएपनि यसको सहि प्रयोग नहुदा धेरै समस्या र जटिलता देखिएको उनले बताए । अर्कोतर्फ युवाहरुमा जिवनशैली र खानपिनको कारण स्वस्थ्यमा नकारात्मक प्रभाव परेको उदाहरण दिदै यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । स्वस्थ्य क्षेत्रमा प्रवेश गर्दाको आफ्नो अनुभवहरु सुनाउदै उनले सफलताको लागि निरन्तरता जरुरी हुने बताए ।

कार्यक्रममा प्रबन्ध निर्देशक डिबि खनालले लुम्बिनी प्रदेशमा नै प्राविधिक शिक्षामा एकेडेमी अगाडि रहेको बताए । एकेडेमीमा ल्याब टेक्निसियन, एचए, प्रि डिप्लोमा ईन अग्रिकल्चर, प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ लगायत विषय अध्ययापन गराईदै आएको छ ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकालले स्वास्थ्य शिक्षाको क्षेत्रमा देश जटिल मोडमा पुगेको बताए । स्वस्थ्य शिक्षाबाट देशभित्र नै योगदान दिने युवाहरु विदेशिने क्रममा रहेको हुदा यसलाई रोक्ने गरि सरकारबाट पहल चाल्न जरुरी उनले बताए । ‘नीतिगत पहल जरुरी छ ।’– उनले भने । भविष्यमा स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी देखिने निश्चितता रहेको उनले बताए ।
कार्यक्रममा सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा बिनोद पराजुलीले प्राविधिक शिक्षा संवेदनशील शिक्षा भएको बताए । हरेक सिकाईमा सानो भएर लाग्न सकेमात्र सीपमा दक्षता हासिल हुने तर्क दिदै ब्यवासायिक र सामाजिक क्षेत्रमा योगदान दिने गरि लाग्न सुझाव दिए । मानव स्वस्थ्यसंग जोडिएको विषय हुदा यसमा दक्षता जरुरी हुने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकाल, भैरहवा भिम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, पुर्व मेसु सुदर्शन थापा, सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा बिनोद पराजुली, प्राविधिक शिक्षा तथा ब्यवसायिक परिषद लुम्बिनी प्रदेशका सुचना अधिकृत डा राजु भुषाल, महाराज रिसोर्ट प्रालिका अध्यक्ष ताराप्रसाद भण्डारी, मानव अधिकार तथा शान्ति समाजका पुर्व जिल्ला सभापति कृष्ण भट्टराईले शैक्षिक उत्कृष्टतासंगै विद्यार्थीहरुमा अनुसासन र व्यवहार प्रमुख हुने बताए ।

कार्यक्रममा एकेडेमीको वार्षिक कार्यक्रम अन्तरगत आयोजना गरिएको सप्ताहब्यापी खेलकुद गतिविधिमा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा भिम अस्पतालका अध्यक्ष अन्नत कुमार शर्मा, सिटिभिटीका डा। राजु भुसाल, प्रदिप कुमार श्रीवास्तव लगायतले शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुको शैक्षिक सफलताको कामना गरेका थिए ।

You might also like