लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या :-रमेश लेखक

बुटवल, २ पुस ।
गृहमन्त्री रमेश लेखकले राजश्व चुहावट र तस्करी रोक्न प्रहरी प्रशासनलाई निर्देशन गर्नुभएको छ । लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या र चुनौती रहेको बताउँदै उहाँले प्रहरी प्रशासनलाई कडा निर्देशन गर्नुभएको हो ।
लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठिको मंगलबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्रको पहिलो सर्त शान्ति सुरक्षा भएको र शान्ति सुरक्षाको अग्रपंक्तिमा रहेको प्रहरी प्रशासनले गम्भिरता पूर्वक काम गर्न आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेशमा राजश्व चुहावट, तस्करी, सिमापार अपराध लगायतका चुनौती रहेको बताउँदै उहाँले यी अपराध कुनैपनि हालतमा नियन्त्रण गर्न निर्देशन गर्नुभएको हो । त्यस्तै लागु औषध, आत्महत्या, सवारी दुर्घटना, पराम्परागत अपराध, यौनजन्य अपराध, चोरी, साईवर क्राईम, बढ्दो क्रममा रहेको बताउँदै यस्ता अपराध रोक्नको लागि एक्सनमा जान आग्रह गर्नुभयो । ‘…..लागु औषध, आत्महत्या, सवारी दुर्घटना, पराम्परागत अपराध, यौनजन्य अपराध, चोरी, साईवर क्राईम, बढ्दो क्रममा छन् ।’ उहाँले प्रहरी प्रशासनलाई निर्देशन गर्दै भन्नुभयो–‘त्यसलाई तुरुन्त रोक्नुहोस् ।’
उहाँले शासन विधिबाट हुने बताउँदै भिडको दवावमा कुनै सम्झौता गर्न नसकिने पनि प्रष्ट पार्नुभयो । ‘आलोचना गर्न पाईन्छ, तर मर्यादा र कानुनको सिमामा बसेर गर्नुपर्दछ ।’ उहाँले भन्नुभयो–‘भिडले दवाव दियो भन्दैमा कुनै समझौता हुँदैन ।’
अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने बताउनु भयो । अहिलेको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको बताउँदै संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चितता हुनुपर्ने बताउनु भयो ।
समाजमा द्वन्द्व र अराजकता निम्ताउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार भएको भन्दै गृहमन्त्रीले कानुनी शासनमा भीडले प्रभावित गर्ने प्रयास भएको बताउँदै गृहमन्त्री लेखकले लुम्विनी प्रदेश बुद्ध जन्मस्थलका कारण विश्वभरका धार्मिक पर्यटक आउने थलो र विश्व शान्तीको मुहान भएकाले यहाँको सुरक्षा व्यवस्था चुस्त र भरपर्दो हुनुपर्ने बताउनु भयो ।

You might also like