महासंघको चुनावमा निर्वाचित टेलिभिजनका कर्मचारी र सल्लाहकार लाई टेलिभिजनमा सम्मान

बुटवल । नेपाल पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित भएकालाई बुद्ध सामुदायिक टेलिभिजनले सम्मान गरेको छ । मंसिर २८ गते सम्पन्न महासंघको केन्द्र , प्रदेश र जिल्लामा विभिन्न पदमा निर्वाचित भएका पत्रकारलाई टेलिभिजनले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । टेलिभिजनका सल्लाहकार रामराज पोखरेल केन्द्रीय सदस्य , कार्यकारी प्रमुख कपिल ज्ञवाली प्रदेश पार्षद , ंसमाचार संयोजक ललित कुमार पाण्डेय जिल्ला सदस्य पद र संबाददाता तथा समाचार बाचक छाया पन्त प्रदेश पार्षदमा निर्वाचित हुनुभएको हो । यस्तै जिल्ला सदस्य पदमा सबंदादता कल्पना डुम्रे ज्ञवाली ,राम भण्डारी, रबिन्द्र गुप्ता , दिनेश श्रेष्ठ , अनिता चौधरी निर्वाचित हुनुभएको हो । सम्मान कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले जुनसुकै संघ–संगठनमा आबद्ध भएर निर्वाचित भएपनि पत्रकारिता गर्दा निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारले निष्पक्ष भएर समुदायलाई केन्द्रमा राखेर पत्रकारिता गर्नको लागि शुझाब दिनुभयो ।यस्तै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित तथा टेलिभिजनका सल्लाहकार रामराज पोखरेलले निर्वाचित हुनुभन्दा पनि कार्यकाललाई सफल राख्नु महत्वपूर्ण रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष समेत रहनु भएका उहाँले महासंघलाई शाझा संस्थाको रुपमा स्थापित गर्दै अनमुना शाखा बन्न सफल भएको दाबी गर्नुभयो । यस्तै बरिष्ठ पत्रकार हरिश ढकालले अहिले निर्वाचित भएकाले पत्रकार महासंघ र पत्रकारिताको मर्यादा कायम राख्दै पत्रकारको हक–हित संरक्षणमा गम्भिर भएर लाग्नको लागि शुझाब दिनुभयो । यस्तै कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवाली, सचिब जेबी गुरुङ, कार्यकारी प्रमुख कपिल ज्ञवाली लगायतले बोल्नु भएको थियो । कार्यकारी प्रमुख ज्ञवालीले बुद्ध सामुदायिक टेलिभिजनमा डेक्स र जिल्ला संबाददातामा आबद्ध हुुनुभएका १७ जना पत्रकार नेपाल पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित भएको जानकारी दिनुभयो ।

You might also like