श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
बुटवल । सुद्धोधन गाउँपालिका ४ रुपन्देहीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।बुटवलमा आयोजितसाधारणसभाले कम्पनीको अध्यक्षमा पुन कम्पनीका संस्थापक सतिष चन्द्र श्रेष्ठलाई चयन गरेको छ । यस्तै साधारणसभाले कम्पनीका संस्थापक श्रेष्ठ सहति मौसमी श्रेष्ठ, कमल प्रसाद नेपाल, पोषकराज पौडेल र रामकृष्ण खतिवडालाई सञ्चालकमा चयन गरेको थियो । साधारण सभाले स्वतन्त्र सन्चालकमा अमर बहादुर थिंगलाई अनुमोदन गरेको छ। साधारण सभापछि बसेको कम्पनिको सन्चालक समितिको बैठकले सतिस चन्द श्रेष्ठलाइ कम्पनिका अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाद्वारा निर्वाचित नया सन्चालकहरुलाइ निर्वाचन समितिका संयोजक अधिवक्ता विश्वास आचार्यले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । साधारण सभाले कम्पनिका अध्यक्ष सतिस चन्द श्रेष्ठद्वारा प्रस्तुत श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लि. को बार्षिक प्रतिबेदन पारितगर्नुका साथै कम्पनिको कूल चुक्ता पूजिको दस प्रतिशत सर्वसाधारणका लागि साधारण शेयर निश्कासन गर्ने प्रस्ताव पारित गरेको कम्पनीका फंसनलय युनिट हेड दिनेश क्षेत्रीले जानकारी दिए । उनका अनुसार कम्पनिसङ्ग साझेदारि गर्ने उत्कृस्ट कृषक, कृषि सहकारी संस्था, साझेदारी संस्था तथा कर्मचारिहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा, सुद्दोदन गाउपलिका, रुपन्देहीका उपाध्यक्ष, शान्तादेबी ज्ञवाली, लुम्बिनी – प्रदेश कृषि सहकारी संघ लि. अध्यक्ष, गोपाल पौड्याल, कम्पनिका शेयरधनि तथा पूर्व राजदूत दुर्गेश मान सिंह, शेयर धनि वरिष्ठ समाजसेवि गजेन्द्र ब. श्रेष्ठ, आइजिआइ प्रुडेन्सियल इन्सुरेन्सका प्रमुख कार्यकारि अधिकृत युगेश भक्त वाडे श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो