जन्म दिनको अवसरमा अनाथ आश्रममा खाद्यान्न तथा न्यानो कपडा वितरण
मङ्सिर २७, बुटवल
नेपाल मानव धर्म सेवा समिती युवा संगठन वुटवल तथा बाल संगठन का बाबु अक्षय पंगेनी तथा प्रेमि राधिका भट्रराईको शुभ जन्म दिन को अवसरमा बुटवल उप-महानगरपालिका,उजेलापुर मा लुम्बिनी दृश्टिबिहिन अपागं तथा अनाथ आस्रम मा सत्र जना बिधाथीलाई शैक्षिक सामाग्री खाधन्न् ,तथा न्यानो कपडा वितरण गरेको छ ।
सस्थाको परिचय दिदै नेपाल मानव धर्म सेवा लुम्बिनि क्षेत्र अध्क्षय श्रि चोप नारायण बन्जाडे सस्थाले धामि॔क कार्यक्रम बाहेक सामाजिक कार्य,रळदान,र यस्तै कार्यक्रम गनेॅ बताउनु भयो ।
लुम्बिनी दृश्टिबिहिन अपागं तथा अनाथ का अध्यक्ष लिलाराम रोक्का ले जन्म दिन शुभ कामना दिदै नेपाल मानव धर्म सेवा ले पहिले देखि नै सहयोग गरिरहेको भन्दै धन्यबाद दिनु भएको थियो।
कार्यक्रम को अध्यक्ष नेपाल मानव धर्म सेवा समिति लुम्बिनी श्रेत्र प्रमुख माहात्मा अम्बिका बाई जि ले बाबु को जस्तै सबै बालबालिका मा सदभाव,सहयोग को भावना र सामाजिक कार्य मा अगाडि बड्न प्रेरित गदछ भन्दै सम्पूर्ण लाई दैनिक जिवन बाट माथी उठि आध्यामीकमा अगाडि बड्न आग्रह गदै समापन गर्नुभएको थियो।कार्यक्रमको सन्चालक युवा संगठन लुम्बिनी श्रेत्र संयोजक दिपक पंगेनीले गर्नु भएको थियो।