नबिनमा सम्पन्न भयो मेयर संग विद्यार्थी :- सोधियो १३ प्रश्न

मंसिर १२ बुटवल
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा रहेको नवीन औधोगिक कदरबहादुर रीता माध्यमिक विद्यालयको आयोजनामा मेयरसंग विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ। बुधबार विद्यालयमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयसंग अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले विद्यार्थीहरुले सोधेका जिज्ञासा समाधान गर्ने प्रयास गरेका थिए। कार्यक्रममा बोल्दै उनले शिक्षा तथा विद्यालय स्तरबाट नै खेलाडी र कलाकार उत्पादन गर्नेगरी उपमहानगरले लगानी गरेको बताए। उनले डेरामा बस्ने विद्यार्थीलाई सहयोग गर्ने घरबेटीलाई सम्मान र दुख दिनेलाई कारवाही लगायतका बारेमा बोलेका थिए। उनले विद्यार्थी स्तरीय कार्यक्रमहरु मार्फत खेलाडी उत्पादन, एवं विभिन्न कलाकारहरु उत्पादन गर्नेगरी विभिन्न प्रतियोगिता लगायत हुँदै आएको जानकारी गराए।
बाईट….
कार्यक्रममा विद्यार्थीहरुले मेयरको विद्यार्थी जीवन, राजनीतिक यात्रा,बुटवलको शैक्षिक रणनीति, विद्यार्थी लक्षित कार्यक्रम , शिक्षा लक्षित, खेलकुद केन्द्रित कार्यक्रम, नगर भित्रका विद्यालयको अनुगमन तथा छात्रवृत्ति लगायतको बारेमा प्रश्न सोधेका थिए।कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले कक्षा ११ १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी धारणा राखेका थिए। विद्यालयका प्रध्यानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कक्षा १२ विज्ञान समूहकी छात्रा आकृति अधिकारीको सञ्चालमा सम्पन्न कार्यक्रममा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उच्च जीपीए प्राप्त गर्ने ३९ जनालाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारी र बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य युवा नेता नहकुल शाही ठकुरी लगायतले ९९ हजार नगद पुरस्कार र ३८ वटा सेक्सनबाट प्रथम, द्वितीय र तृतीय भएका ११५ जना विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरेका थिए। कार्यक्रममा सहायक प्रधानाध्यापक अर्जुन खनाल, कानुन समूह इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेल ,विद्यार्थीहरूको तर्फबाट आकृति अधिकारी, नवराज गैरे , दिव्या सापकोटा, रोशन परियार ,आलोक कुमार गुप्ता, एलिसा क्षेत्री, सुभाष पौडेल ,सुजन अधिकारी ,शिव गैरे ,बिना कुँवर ,खिमानन्द जैसी ,आस्था पाण्डे र भगवती कुँवर लगायतका विद्यार्थीहरूले प्रश्नहरू सोधेका थिए।

You might also like