शिखर ईन्सुरेन्सको २० औं बार्षिक उत्सवको अवसरमा अर्घाखाँची र तौलिहवा रक्तदान
मंसिर १ बुटवल ।
अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । शिखर ईन्सुरेन्स कम्पनीको २० औं बार्षिक उत्सवको अवसरमा ईन्सुरेन्सको अर्घाखाँची शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो ।
रक्तदानमा स्वतफुर्त रुपमा रक्तदाताले रक्तदान गरेको शिखर ईन्सुरेन्स सन्धिखर्क शाखाका प्रमुख लक्ष्मण केसीले जानकारी दिनुभयो । बार्षिक उत्सवमा देशभर रहेका शाखामा बिबिध कार्यक्रम आयोजना भएको उहाँले जानकारी दिनुभयो ।
ईन्सुरेन्सले रक्तदान आयोजना गरेर रक्तदान बारे सचेतना र रगतको अभाव पुर्तिमा सहयोग पुर्याएको अर्घाखाँची अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी कृष्ण कुमालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा स्थानीय व्यवसायी , पत्रकार तथा स्थानियको सक्रिय सहभागिता थियो। ५० जना युवाबाट संकलित रगत नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र बुटवल पाठाइएको छ ।
यस्तै शिखर इन्स्योरेन्स तौलिहवा शाखाले पनि आजै रक्तदान कार्यक्रम गरी ३० यूनिट रगत संकलन गरेको छ ।
सबैमा रक्तदानको महत्त्व बारे जनचेतना बद्धै गएको हुँदा ३२ यूनिट रगत संकलन गर्न सकिएको तौलहबा शाखा प्रमुख अरूण कुमार मिश्नले जानकारी दिनुभयो ।
उहाँले
रक्तदानअति महत्वपूर्ण भएको भन्दै उनले रगत दिन मिल्ने सबै उमेर समूहकालाई रक्तदान गर्न आग्रह गर्नु भयो ।
कुनै रोग विशेषका कारणबाहेक अन्य परिस्थितिमा १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले रक्तदान गर्न मिल्छ । डेङ्गु लगायत रोगको संक्रमण बढी रहेको अवस्थामा हाल रक्त सञ्चार केन्द्र हरुमा रगतको अभाव छ।