अन्तर धार्मिक सद्भाव संघ नेपालद्वारा बुटवलमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बुटवल, ३० कार्तिक । ” शान्ति, मेलमिलाप, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराले स्थापित संस्था अन्तर धार्मिक सद्भाव संघ नेपालद्वारा बुटवलमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका कार्यबाहक अध्यक्ष चन्दा थापाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि घर्तीले बोल्दै मानिसको धार्मिक आस्था आफ्नो भएपनि सबैको निचोड मानव भएको बताए । उनले गोरखा, भगवान बुद्ध र सगरमाथाले विश्वमा नेपालीलाई चिनाउने बताए । उनले अन्तर धार्मिक सद्भाव संघ स्थापनाले समाजमा विभिन्न धर्म मान्ने व्यक्तिहरुलाई गोलबद्ध गर्दै आपसमा सद्भाव बढ्ने बताए । उनले धन कमाउन आधुनिक खेती प्रणाली अपनाउने र धर्मको नाममा राजनीति गर्न नहुने बताए ।
कार्यक्रममा प्रदेश सदस्य तथा पूर्व मन्त्री भोज प्रसाद श्रेष्ठ, शुद्दोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, संविधान सभा सदस्य तथा संघका सल्लाहकार नेत्र पन्थी, राष्ट्रिय समाचार समिति (रासस) का पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, राप्रपाका नेता विष्णु बहादुर कार्की, बिश्वहिन्दु महासंघका धर्म गुरु विजयराज बस्याल, बौद्ध समाज नेपालका धर्म गुरु खेन्पो फुर्वा सेर्पा, मुस्लिम समुदायका धर्मगुरु अल्लाहाज मौलाना रहमद अलि, नेपाल क्रिश्चियन समाजका धर्मज्ञाता प्रोफेसर डा. विपी खनाल, इश्वरीय विश्वविद्यालयक वरिष्ठ उपाध्यक्ष ब्रहमाकुमारी राज योगीनी”कमला” लगायतले मन्तव्य राखेका थिए ।
अन्तर धार्मिक सद्भाव संघका उपाध्यक्ष गणेश घिमिरेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन महासचिव सुरज थापाले गरेका थिए ।