तेश्रो इन्टर लियो जिल्ला स्तरीय प्रेसिडेन्ट कपको उपाधि भलबारी युथको पोल्टामा
फुटसल प्रतियोगितामा लियो क्लव अफ भलबारी युथले ट्राईब्रेकरमा २–१ को गोल अन्तरले लियो क्लव अफ रामनगरलाई हराउँदै विजयी भएको हो ।
लियो क्लब अफ बुटवल सिद्धबाबाको आयोजनामा तेश्रो इन्टर लियो जिल्ला स्तरीय प्रेसिडेन्ट कप सम्पन्न भएको छ ।
फुटसल प्रतियोगितामा लियो क्लव अफ भलबारी युथले ट्राईब्रेकरमा २–१ को गोल अन्तरले लियो क्लव अफ रामनगरलाई हराउँदै विजयी भएको हो ।
तिलोत्तमा को मोनालिसा फुटसल एरिनामा भएको प्रतियोगितामा लियो रामनगरका माधव तिवारी उत्कृष्ट गोल रक्षक घोषित भएका छन् । त्यस्तै रामनगरकै असमान थापा क्षेत्रीलाई सर्वाधिक गोलकर्ताको पुरस्कार दिएको थियो । त्यस्तै, भलबारी युथ क्लबका मयंक जुगजाली उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतियोगिताको समापन समारोहमा विजयी समूहलाई पुरस्कार वितरण गर्दै फर्स्ट भिडीजी पिएमाजे अफ लायन बलाराम भट्टराईले यस्ता प्रतियोगिताबाट जिल्ला स्तरको खेलाडीको प्रतिभा प्रस्फुटन गर्न सघाऊ हुने बताउनु भयो । पुरस्कार वितरण समारोहमा लियो जिल्ला परिषद् ३२५ पी नेपालका अध्यक्ष श्रद्धा कुँवरले ,उपाध्यक्ष प्रवीण पौडेल, सचिव सुमन पौडेल , कोषाध्यक्ष प्रवीण गौडेल , लियो क्लव अफ बुटवल सिद्धबाबा अध्यक्ष प्रनेश पौडेल एरिया चिफ सुनिल कुँवर , मानिस ढकाल तथा सम्पुर्ण जिल्ला पधाधिकारी लगयत सदस्यहरु को उपस्थिति थियो ।
प्रथम विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित १२ हजारको चेक, उप-विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित ८ हजारको चेक तथा अन्य विधाका विजेताहरूले ट्रफी, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन्