खसी भन्दै बाख्री बेच्छन् मासु व्यवसायी “बदसाल जान आनाकानी”
असोज १९,बुटवल
मैनाबगरका पुरानो दिलसेर मासु पसलले बाख्रीको मासु बेचेको भेटियो
बुटवल । बुटवल उपमहानगरपालिका २ मैनाबगरमा रहेको पुरानो दिलसेर मासु पसलले खसी बोकाको भन्दै बाख्रीको मासु बेचेको भेटिएको छ।
बुटवल उपमहानगरपालिकाले बिगत १ हप्तादेखी नियमित मासु पसलमा गरिरहेको बेलामा शनिबार बिहानमा गरिएको अनुगमनमा बुटवल २ मैनाबगरको पुरानो दिलसेर मासु पसलले खसी बोकाको भन्दै बाख्रीको मासु बेचेको भेटिएको बुटवल उपमहानगरपालिकाका राजस्व शाखा अधिकृत जीवन भट्टराईले जानकारी दिए।
उनले मासु पसलबाट १० किलो पाठिको मासु बरासमद गरि नष्ट गरिएको उनले जानकारी दिए।उनले मासु पसलका सञ्चालक जमशेरलाइ १० हजार कारवाही गरि कार्यालय बोलाईएको बताए।
उनले बुटवल वडा नम्बर २, ५ र ६ मा गरिएको अनुगमनमा केही पसल बन्द गरिएको र केहिले खसी बोकाको बध नगरेको भेटिएको बताए।
बुटवल उपमहानगरपालिकाले स्वस्थ र स्वच्छ मासु बिकृको लागि भन्दै बधशाला सञ्चालन गर्दै आएको छ। उपमहानगरले खसीबोकाको मासु बधशालामा बध गर्नुपर्ने भन्दै ब्यवसायीलाई आग्रह गर्दै आएको थियो।
ब्यवसायीहरु बधशाला नगएपछि बाध्य भएर अनुगमन गर्दै आएको जनाएको छ।