प्रथम तिलोत्तमा श्री बडी विल्डीङ्गको उपाधी कुशल गुरुङ्गलाई ।
भदौ १६,तिलोत्तमा।
प्रथम तिलोत्तमा शारीरीक सुगठन प्रतीयोगीताको च्याम्पीयनसीपको उपाधी रोयल फिट्नेसका कुशल गुरुङ्गले चुम्न सफल भएका छन् । गुरुङ्गले उपाधी संगै नगद ७५ हजार कप मेडल तथा प्रमाणपत्र हासील गरेका थिए । बिभीन्न तौल समुहमा भएको सो प्रतियोगीतामा कुशलले एभोब ७० केजी तौल समुहमा प्रतीष्पर्धा गरेका थिए ।
त्यस्तै ५५ केजी तौल समुहमा फिजीकल फिट्नेस एण्ड ब्युटीका प्रतीक पन्थ प्रथम तथा दिप जिमका सन्दीप अर्याल द्धितीय र रोयल जिम फिटे्नेसका दिलीप थापा तेश्रो भएका थिए ।
त्यस्तै ६० केजी तौल समुहमा रोयल आईरन जिमका सागर बिके प्रथम र फिट्नेस टाईमका खेमानन्द अधिकारी द्धितीय तथा द वेलनेस जिमका काजु पुन तेश्रो भएको हो । त्यस्तै गरी ६५ केजी तौल समुहमा एक्सट्रीम फिट्नेसका चन्द थापा प्रथम फिजीकल फिट्नेसका निरोज केसी दोश्रो र २४ आवर हेल्थ क्लबका बिष्णु परियारले तृतीय स्थानमा चित्त बुझाए । ७० केजी तौल समुहको प्रतीष्पर्धामा ए एण्ड ए हेल्थ क्लबका बिज्ञान श्रेष्ठ प्रथम, फिट्नेश क्लबका ओसीङ्ग सारु मगर द्धितीय र तेश्रो स्थानमा डाइनेष्टी फिट्नेसका अभिजीत महत तृतीय स्थानमा सिमीत भएका थिए । भने ७० प्लस इभेन्ट्मा कुसल गुरुङ्गप प्रथम तथा बुटवल फिट्नेसका भुपाल कुंवर द्धितीय तथा दिप जिमका राहुल दर्लामीले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।
मेन्स फिजीक्समै अपटु १७० सेमीमा फिट्नेस क्लबका रोहीत साही प्रथम तथा २४ हेल्थ फिट्नेसका सन्जीब थापा द्धितीय भए भने २४ कै अनुप शाही ठकुरीले तृतीय स्थान हासील गर्न सफल रहेका थिए । एभोब १७० सेमीमा एक्ट्रीम फिट्नेसका रेसीत राना प्रथम भए भने रअ फिट्नेसका सबी सिङ्ग ठकुरी द्धितीय र तेश्रो स्थानमा योर्स मल्टीपल फिट्नेसका रोशन कुंँवरले तेश्रो स्थानमा चित्त बुझाउनु पर्यो । बिभीन्न बिधामा गरी रुपन्देही भरीका करीब ५० खेलाडीले प्रतियोगीतामा सहभागीता जनाएका थिए । त्यस्तै गल्स तर्फको प्रतीष्पर्धामा तिन खेलाडी मात्र सहभागी भएका थिए। रीता बिक प्रथम स्थान पाउन सफल भईन भने दोश्रो स्थानमा रजीता अर्याल र तेश्रो स्थानमा मनीषा न्यौपानेले आफ्नो स्थान पक्का गरेको हो ।
बिजेता खेलाडीलाई तिलोत्तमा नगरपालीकाका मेयर रामकृष्ण खाँणले प्रमाणपत्र तथा ट्रफी बितरण गरेका थिए सो समारोहमा मेयर खाँंणले मन्तब्य राख्ने क्रममा तिलोत्तमाले सबै खेललाई प्राथमीकतामा राखी राष्ट्रलाई चिनाउने काम गर्ने बताएका थिए। खेलका माधयमबाट तिलोत्तमाको पहीचान बनाउन थप सहयोग हुने खाँणको भनाई छ ।.त्यस्तै लुम्बिीनी प्रदेश खेलकुद समीतीका सदस्य सचीब तिरन गौतमले प्राचीन कालदेखी नै शारीरीक सुगठनको बिकाश हुदै आजसम्म आउदा परीमार्जन भएको भन्दै खेलको बिकाश ले मानीसलाई अनुसासीत हुन सिकाउने बताएका थिए । कार्यक्रममा तिलोत्तमा नगर खेलकुदका संयोजक तथा एन्फा रुपन्देहीका अध्यक्ष लोक पुनले तिलोत्तमा नगरलाई चिनाउन बिभीन्न खेलकुदले अहम भुमीका खलेको बताउदै आगामी दिनहरुमा सारीरीक सुगठनका बिभीन्न श्रृखलाहरुमा नगरको सहयोग रहने बताएका थिए । बिभीन्न बिधा मध्ये केही बिधाका पुरस्कार सञ्चार समन्वय परीषद लुम्बिीनी प्रदेशका अध्यक्ष मिलन गाहा र समाजसेबी मिलन थापाले बितरण गरेका थिए ।
एक्ट्रीम फिट्नेशको आयोजनामा सञ्चालीत सो प्रतीयोगीता तिलोत्तमा नगरपालीकाको आर्थीक सहयोग तथा बिभीन्न ब्यक्तीगत तथा क्लबहरुले सहयोग गरेका थिए । सो खेलको संयोजन एक्स्ट्रीमका सञ्चालक मन बहादुर थापाले गरेको थिए ।