ट्रेड युनियन कांग्रेस महिला समितिले खुवायो बाल-बालिका लाई दर

भदौ १५, बुटवल।
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति रुपन्देही अन्तर्गत ट्रेड युनियन कांग्रेस महिला समिति रुपन्देही को आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम शनिबार अनौपचारिक शिक्षा लिगी रहेका बालबालिका सँग बुटवलमा सम्पन्न भएको छ ।
तीज मिलान कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले पहिले र अहिले तीजमा धेरै भिन्ननत आएको बताउनु भयो । आफू सानो छँदा आमा सँग मामा घर जाँदा जस्तो रमाइलो अहिले नहुने उहाँले बताउनु भयौं । तीजमा आफ्नो दुखेसो पोख्ने र अरूको दुखेसो सुन्ने दिन भएको हुँदा यसलाई भड्किलो रूपमा नमनाउ सबैलाई आग्रह गर्नु भयो । ट्रेड युनियन कांग्रेसले जस्तो सबैले गरीब आशय सँग तीज मनाए उनी हरू लाई पनि तीजमा रमाइलो पन महसुस हुने उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठले तीजमा दर कतै होटेलमा खाँदा अनउत्पादक हुने हुँदा साना बालबालिका सँग बसेर मनाउने गरेको बताउनु भयो । उहाँले तीज तडक भडक भन्दा शान्त तरिकाले मनाउँदा यसको मौलिकता झल्कने उहाँले बताउनु भयो । उहाँले ट्रेड युनियन कांग्रेस सधैं श्रमिकको हक अधिकारमा काम गर्दै आएको र श्रमिक वर्गको चिन्ता गर्ने संस्था भएको बताउनु भयो ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेस रुपन्देही जिल्ला अध्यक्ष रामप्रसाद ढकालले तिज कार्यक्रमलाई विकृतिकाे रूपमा भन्दा सभ्य रूपमा मनाउदैँ तिजकाे गरिमा कायम राख्न अग्रहागर्नु भयो ।
कार्यक्रममा नेपाल व्युटिसियनले सँग लुम्बिनी प्रदेश अध्यक्ष अनिता केसि,कृषि श्रमिक संग अध्यक्ष सिता पौडेल, लुम्बिनी प्रदेश अप्सिन का अध्यक्ष विनु पाण्डे लगाएतले तीज पर्वको मौलितका र विकृत बारे बोल्दै शुभकामन दिनुभएको थियो।
कार्यक्रम ट्रेड युनियन कांग्रेस महिला समितिकी सभापति कृष्ण माया राना को अध्यक्षतामा सम्पन्न भएको थियो ।
ट्रेड युनियन कांग्रेसले हालसम्म विभिन्न नौ जिल्लाका १० हजार बाल श्रमिकलाई निःशुल्क शिक्षा प्रदान गरी सकेको छ। बुटवलमा पनि करिब ५० जाना बालबालिकाले युनियनको अपनत्योमा अनौपचारिक शिक्षा लिगी रहेका छन ।

You might also like