धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजको तीज मिलान बुटवलमा सम्पन्न
हिन्दुहरूकाे महान चार्ड हरितालिका तिज नजिकिदै जादाँ धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजले तिजमिलन कार्यक्रम गरेकाे छ । हरेक वर्ष धातिवाङ्ग जन्मभई हाल रूपन्देहीका विभिन्न क्षेत्रमा बसाेबास गर्दै आउँनुभएका चेलिबेटी, दाजुभाइहरूकाे उपस्थितिमा तिजमिलन तथा दरखाने कार्यक्रम बुटवल बेलवास स्थित शिवालय मन्दिरमा सम्पन्न भएको हाे ।
तिजमिलन कार्यक्रमकाे उद्घाटन गर्दै पाणिनि गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलले रूपन्देहीमा बसाेबास गर्ने धातिवाङ्ग जन्मभएका दाजुभाइ, दिदिबहिनीबिच आत्मियता बढ्ने विश्पास व्यक्त गरे । उनले सम्पर्क समाज सामाजिक कार्यमा निरन्तर अग्रसर रहेकाे भन्दै आगामि दिनमा स्वास्थ्य शिविर कार्यक्रम गर्न सहकार्य गर्ने बताए ।
तिज कार्यक्रमलाई विकृतिकाे रूपमा भन्दा सभ्य रूपमा मनाउदैँ तिजकाे गरिमा कायम राख्न वडा सदस्य तारा पाैडेलले आग्रह गरिन् । उनले तिजमा विकृति माैलाएकाे भन्दै संस्कृतिकाे संरक्षणमा सबै एकतावद्व हुनुपर्ने बताईन्।।
कार्यक्रम धातिवाङ्ग रूपन्देही सम्पर्क समाजका अध्यक्ष पिताम्बर पाण्डेकाे अध्यक्षता, उपाध्यक्ष गंगा पाैडेलकाे स्वागत र सचिव हरि घिमिरेकाे सञ्चालन भएको कार्यक्रममा पुर्व अध्यक्ष देवीप्रसाद पाैडेल, सिद्वेश्वर सहकारीका सचिव पुष्कर पाैडेलले तिजमा एकैठाउँ जुटने अवसर समपर्क समाजले जुटाएकाे भन्दै धन्यवाद दिएका थिए । धातिवाङ्ग जन्मभई रूपन्देहीमा बस्नेहरूले २०७३ सालमा समाजकाे स्थापना भएको हाे ।