फोनिजले मनायो २५ औं स्थापना दिवस “पत्रकार मिलान गाहा सम्मानित “
सम्मानित भएका पत्रकार गाहा २ दशक लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध रहेका छन् । लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषदका अध्यक्ष समेत रहेका गाहा फोनिजको केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशका ईन्चार्ज हुन् ।
बुटवल,२७ साउन ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा देवपाटा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मिलन गाहा सम्मानित भएका छन् । फोनिज रुपन्देहीले हरेक वर्ष पाटा मगरको स्मृतिको पुरस्कार प्रदान गर्दै आएको छ । स्थापना दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित समारोह बीच गाहालाई ११ हजार १ सय ११ रुपैया नगद राशीसहित सम्मान गरिएको थियो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मिडिया सिटीको रुपमा विकास गर्ने गरी अगाडि बढेको बताए । उनले भाषा, संस्कार, संस्कृतिको संरक्षणमा राज्यले लगानी गर्नुपर्ने बताउँदै बुटवल उपमहानगरले बुटवल क्षेत्रमा रहेका जातीय, भाषिक र सांस्कृति संरक्षणको लागि काम गरेको दाबी गरे । उनले बुटवल उपमहानगरले यस वर्ष ३ वटा जातीको भाषा किताब प्रकाशन गरेको बताउँदै बाँकी रहेको आगामी वर्ष प्रकाशन गर्ने बताए ।

सम्मानित भएका पत्रकार गाहा २ दशक लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध रहेका छन् । लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषदका अध्यक्ष समेत रहेका गाहा फोनिजको केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशका ईन्चार्ज हुन् । स्वर्गीय पाटा मगर फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष हुन् । कार्यक्रममा बोल्दै फोनिजका केन्द्रीय उपाध्यक्ष सरु राना, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस यूनियन
रुपन्देहीका सभापति कविन्द्र नेपाल, प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णु पोखरेल, राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष टक सुनारलगायतले बोल्दै समावेशीताका लागि सञ्चारकर्मीले कलम चलाउनु पर्नेमा जोड दिए । कार्यक्रममा फोनिज स्मारिका समेत विमोचन गरिएको थियो । फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापाको अध्यक्षता, कोषाध्यक्ष मिन रानाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव राज चौधरीले गरेका थिए ।