महिला स्वस्थ भएमा घर ,परिवार , समाज र राष्ट्र नै स्वस्थ रहने भन्दै जेसीजले सुरु गर्यो जेसिज सप्ताह
महिलाहरू अरूको मुख नताकी स्वयम् आत्मनिर्भर बन्नुपर्ने
बुटवल, साउन २७ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनै पनि काम फरक तरिकाले गर्नुपर्ने बताएका छन् । बुटवलमा सुरु भएको जेसीज सप्ताहको उद्घाटन गर्दै उनले हामीले जहिले पनि अरुले जे गर्छन् त्यही त्यसलाई नै अंगालेको बताएका छन् । बुटवल महिला जेसीजको आयोजनामा सुरु भएको जेसीज सप्ताहमा सम्बोधन गर्दै उनले महिलाहरू अरूको मुख नताकी स्वयम् आत्मनिर्भर बन्नुपर्ने बताए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकालले यस कार्यक्रमबाट सिकेका कुराहरूलाई सुन्ने मात्रै नभई व्यवहारमा उतार्नु पर्ने बताए ।
पूर्व अध्यक्षको तर्फबाट पूर्व अध्यक्ष अनुपमा श्रेष्ठले २८ वर्षको अवधि यस अवधिसम्म बुटवल लेडी जेसीजलेसमाजमा सकारात्मक सन्देश दिएको बताइन् । बुटवल जेसीजका अध्यक्ष विनोद घिमिरेले बुटवल महिला जेसीजले समाजमा प्रभावकारी काम गरेको बताए । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजन पौडेलले व्यक्तिगत , नेतृत्व सामाजिक विकासअन्तर्गत रहेर बुटवल महिला जेसीजले काम गरेको बताए ।
उद्घाटन समारोह कार्यक्रमको समापन गर्दै बुटवल लेडी जेसीजका अध्यक्ष संगीता ढकालले महिला स्वस्थ भएमा घर ,परिवार , समाज र राष्ट्र नै स्वस्थ रहने भएकोले जेसीज सप्ताहको सुरुवातमा नै महिला स्वास्थ्यलाई प्राथमिकता दिएको बताए । उनले जेसीज सप्ताहमा समय सापेक्षरूपमा सबैलाई समेटेर कार्यक्रम गरिएको बताइन् । महिला स्वास्थ्य सचेतना कार्यक्रममा भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा सहभागी महिलाहरूका स्वास्थ्यसम्बन्धि जिज्ञासाहरूलाई सम्बोधन गरेको मूल संयोजक समिति सपना ज्ञवाली गैह्रेले बताइन् । कार्यक्रमको सञ्चालन महासचिव रुपा श्रेष्ठले गरेको कार्यक्रम संयोजक कृति पाण्डेले जानकारी दिइन् । भोलि २८ गते सोमबार सौन्दर्यकला सेमिनार हुने कार्यक्रम संयोजक अमिसा अर्यालले बताइन् ।