मोतिपुरस्थीत श्रीमुक्तेश्वर शिवालयमा मन्दिरमा वृद्ध तथा आमा समूहलाई सम्मान

२०५९ सालमा स्थापना भएको मन्दिरमा प्रत्येक साउन र फागुन महिना एक हप्ते कथा वाचन कार्यक्रम गरिन्छ । कथा वाचन पर्सिसम्म चल्ने छ ।

बुटवल,साउन २६,
बुटवल उपमहानगरपालिका वार्ड नम्बर १९ मोतिपुरस्थीत श्री मुत्तेश्वर परमानन्द वैदिक शिवालय मन्दिर व्यवस्थापन समितिले स्थानीय वृद्धा बृद्धाहरुलाई सम्मान गरिएको छ ।
मन्दिरमा चलिरहेको श्रीमत् भागवत कक्षा वाचनको अवसरमा शनिवार वार्ड नम्बर १७,१८ र १९मा विभिन्न २७ जना वृद्धा वृद्धाहरू र १८ वटा आमा समूहलाई सम्मान गरिएको हो। मन्दिर व्यवस्थापन समिति अध्यक्ष तारा प्रसाद चाँपागाँईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रण बहादुर थापा,उपाध्यक्ष विष्णु भण्डारी, मन बहादुर थापा यस्तै टोप नारायण घिमिरे, केदार न्यौपाने समाजसेवी तथा स्थानीय चन्दादाता गोकर्ण खड्का लगायत बोलेका थिए।
सोमबारदेखि मन्दिरमा चलिहरेको एक कथा वाचनमा माधव प्रसाद आचार्यले दैनिक कथा वाचन गरिरहेका छन्।२०५९ सालमा स्थापना भएको मन्दिरमा प्रत्येक साउन र फागुन महिना एक हप्ते कथा वाचन कार्यक्रम गरिन्छ । कथा वाचन पर्सिसम्म चल्ने छ ।

You might also like