प्राचार्य हरुका प्याब्सन बुटवलको गणित विषयमा अभिमुखीकरण
गणित सरल विषय हो :- हुकुम प्रसाद दाहाल
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बुटवलको आयाेजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । बुटवलमा एक कार्यक्रमकाे आयाेजना गरी प्रिन्सिपल तथा गणित शिक्षकका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।
प्याब्सन बुटवलको आयाेजना तथा वेदान्त पब्लिकेसनकाे समन्वयमा अभिमुखीकरण कार्यक्रमकाे गणित विषयका लेखक हुकुम प्रसाद दाहालले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रशिक्षक दाहालले गणित विषयकाे सिकाइ प्रक्रिया, प्रश्न निर्माण तथा आन्तरिक मूल्याङ्कन लगायतका विषयमा प्रशिक्षण दिइएकाे बताउनु भयो ।
उहाले गणित विषयमा विद्यार्थीको रुचि घट्दै गएको हुँदा त्यस तर्फ विद्यार्थी कसरी आकर्षण गर्न सकिन्छ भन्ने विषयमा चिन्तित हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्याब्सन बुटवलका अध्यक्ष मित्रहरी आचार्य , हिसानका केन्द्रिय उपाध्यक्ष लोकनाथ उपाध्याय , प्यवसान नेपालका केन्द्रिय सदस्य टीकाराम न्यौपाने ,वेदान्त पब्लीकेसनका प्रबंध निर्देशक जीवन श्रेष्ठ,पब्लिकेसनका निर्देशक मनोज रेग्मी प्याब्सन रुपन्देहीका उपाध्यक्ष कुलराज शर्मा लगायतले बोल्दै गणित विषयमा विद्यार्थीको रुचि काम हुँदै जानु चिन्ताको विषय भएको बताउनु भयो ।
सरल तरिकाले गणित पढ्न सकिने भएपनि यो विषय अफ्ठयारो छ भन्ने कुरा विद्यार्थीको मनमा पसी सकेको हुँदा त्यसलाई हटाए मात्र गणित प्रतिको आकर्षण बढ्नेमा उहाँ हरुको जोड़ छ ।
त्यस्तै कार्यक्रममा वेदान्त पब्लिकेसन का लुम्बिनी अञ्चलका बजार व्यवस्थापक प्रकाश चन्द्र घिमिरे , सामुदायिक विद्यालयको तर्फ बाट कालिका मानव ज्ञानका दिनेश थापा बुटवल प्याब्सनका सम्पूर्ण सदस्य विद्यालयका प्राचार्य तथा प्रतिनिधि गरी करिब ४५ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्याब्सन बुटवलका सचिव रामकृष्ण खनालले गर्नु भएको थियो ।