तार्गेट पुरा गरेका व्यूटिसियनहरुलाई “लिओब्स प्रोफेसनल”को सम्मान
बुटवल २७, कम्पनीले दिएको विक्रिको तागेट पुरा गरेका पार्लर व्यवसायी व्यूटिसियनहरुलाई लिओब्स प्रोफेसनलले सम्मान गरेको छ । लिओब्स प्रोफेसनलले मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
विक्रि तार्गेट पुरा गरेका उनीहरुलाई यस अंगाडि सिंगापुर र मलेसीया भ्रमण गराएको थियो । कार्यक्रममा तार्गेट पुरा गरेकालाई सम्मान गर्नुका साथै अरु व्यूटिसियनहरुलाई फेलोशिप गराएको हो ।
कार्यक्रममा उनीहरुलाई सम्मान गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले निजी क्षेत्रबाट पनि महिलाको आर्थिक अवस्था सुधार तथा अर्थतन्त्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताउनु भयो ।
उहाले निजी क्षेत्रको विकास र प्रवद्र्धधनको लागि पालिकाले काम गरिरहेको बताउदै स्वरोजगार बन्न चाहनेलाई महिलालाई पालिकाले बीउ पुजी उपलब्ध गराउने जानकारी गराउनु भयो ।
उहाँले महिलालाई कालिगढ बनाउने नीति तथा कार्यक्रम बनाएर बजेटको व्यवस्था गरिएको जानकारी गराउँदै महिलालाई आर्थिम रुपमा सबल र सशक्त बनाउन सीपसंग सम्बन्धित धेरै कार्यक्रम ल्याइएको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुरज भट्टराईले अहिलेको गिर्दो आर्थिक अवस्थाको समयमा पनि विक्रेतालाई भ्रमण सहितको सम्मानको कार्यक्रम गर्नुले विक्रेतामा थप उत्साह आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अहिले उद्योगी व्यवसायी उद्योग व्यवसायी बन्द गरेर पलायन हुने स्थिती सिर्जना भईरहेको समयमा महिला उद्यमी र त्यससंग जोडिएको महिलाको स्वरोजगार व्यवसायमा देखिएको उत्साहले अरु उद्योगी व्यवसायीलाई पनि केही छ है भन्ने सन्देश दिने बताउनु भयो ।
उहाँले महिला उद्यमशिलता विकासको लागि हातेमालो गरेर अगाडि बढ्न बुटवल उद्योग वाणिज्य संघ तयार रहेको बताउनु भयो ।
लिओब्स प्रोफेसनलकी सञ्चालक रेनु श्रेष्ठले कम्पनीले उत्पादन गरेका सामानको विक्रिमा सहयोग गरेका व्यूटिसियनहरुको मनोवल अझै बढाउनको लागि सम्मान गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याउने जानकारी गराउनु भयो ।
पछिल्लो समयमा व्यूटिपार्लर व्यवसायमा दायरा फराकिलो हुँदा यो व्यवसायमा लागेका महिलाको आर्थिक सुधार पनि भएको र नारीको सुन्दरतामा पनि बढोत्तरी भएको बताउँदै नारीको सुन्दरता र उनीहरुको स्वास्थ्यलाई समेत ध्यान दिएर काम गर्नुपर्ने भएकाले यो व्यवसायी स्वास्थ्यसंग पनि सम्बन्धित भएको भनाई राख्नुभयो ।
भारतमा रहेको यो लिओब्स प्रोफेसनलले नेपालका काठमाण्डौ, बुटवल, विराटनगर, नारायणगठ, पोखरा, नेपालगञ्ज लगायतका मुख्यमुख्य शहरमा डिष्टिव्यूटर्स मार्फत आफ्नो उत्पादन विक्रि वितरण गर्दै आएको छ । सञ्चालक श्रेष्ठका अनुसार लिओब्स प्रोफेसनलले स्कीन केयर र हेयर केयरमा आधारित सामान उत्पादन गर्ने गरेको छ । जसमा स्कीनमा फेसियल किट, मस्चराईजर, सनब्लक, टोनर, फेसवास, फेसव्याक लगायत १८ वटा छ भने हेयर केयर तर्फ हेयर केराटिन, स्याम्पु, हेयर स्पा, हेयर सिरम लगायतका ६ वटा प्रोडक्ट रहेका छन् ।
त्यसै अवसरमा कम्पनीले प्रकाशन गरेको २०८१ सालको क्यालेण्डर समेत विमोचन गरिएको थियो ।