लियो क्लब अफ बुटवल सिद्धबाबाले गर्यो ‘सिर्जनशील संस्थालाई’ खाद्यान्न सहयोग

तिलोत्तमा नगरपालिका ९ मा स्थापित सृजनशील संस्था नेपाल मा बसी रहेका साना बालबालिकालाई लियो क्लब अफ बुटवल सिद्धबाबाले संस्थाका अध्यक्ष वसन्त रिजाल को जन्मदिनको अवसर पारेर दिवा खाजा तथा खाद्यान्न बितरण कार्यक्रम रखेको हो ।
आईतबार एक कार्यक्रमकाबीच क्लबले त्यहाँ सरण लिइ रहेका २३ जना बालबालिका लाई खाद्यान्न वितरण गरेको हो ।
क्लबले आश्रममा बस्ने बालबालिका लाई १ दिन भए पनि आफ्नो पन पाउन सकून् भनेर कार्यक्रम राखिएको कार्यक्रम संयोजन निशान भण्डारीले बताउनु भयो ।
उहाँले क्लवले यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै सृजनशील संस्था नेपालककी प्रोग्रम म्यानेजर सविना पोखरेलले यस संस्थाले महिला र बालबालिकाका क्षेत्रमा काम गर्दै आएको बताउनु भयो ।
२०५४ सालमा स्थापना भएको संस्थाले आज सम्म २३४ जन बालबालिकाको उद्धार गरी १४० जनाको पूर्ण मिलान गर्न सफल भएको बताउनु भयो ।
उहाँले यस्तै क्लबहरुको सहयोगका कारण संस्था आज सम्म आएको बताउँदै अरु क्लब हरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै लियो क्लव अफ बुटवल सिद्धबाबाका कार्यवाहक अध्यक्ष प्रणेश पौड्यालले अभिभावक हरुले आफ्नो अभिभावकत्व राम्ररी न निभाउँदा यस्ता साना अबोध बालबालिकाले दुःख पाही रहेको बताउनु भयो ।
उहाँले निम्न वर्गका अभिभावक हरुलाइ चेतना दिन आवश्यक रहेको पनि औल्याउनु भयो ।
‍खाद्यान्न वितरण तथा दिवा खाजा खुवाउने कार्यक्रममा संस्थाका पूर्ब अध्यक्ष प्रवीण पौडेल , सह-कोषाध्यक्ष पुष्प राज पन्त साथै क्लबका अरु सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

You might also like