एनएमबि बैंकको कुडिया सुस्ता शाखामा एटीएम सेवा शुरु
बुटवल । नवलपरासीको कुडिया सुस्तामा रहेको एनएमबि बैंकको शाखाले एटीएम सेवा संचालनमा ल्याएकोछ ।
सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले एटीएमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा सुस्ता गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत हुमलाल भुसाल एवं एनएमबि बैंक सुस्ता शाखाका प्रबन्धक कुल प्रसाद गौतम लगायतका बैंकका कर्मचारीको उपस्थिति रहेकोथियो ।
कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायले एनएमबि बैंकले सुस्ता गाउपालिकामा पहिले देखि नै बैकिङ्ग सेवा दिदै आइरहेकोमा थप सेवा विस्तार गरि एटीएम समेत संचालनमा ल्याएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाले सेवा विस्तारले सुस्ता गाउपालिकाका जनताहरु थप लाभान्वित हुने विस्वास गर्नुभयो ।
एनएमबि बैंक कुडिया सुस्ता शाखा प्रबन्धक कुल प्रसाद गौतमले छिटोछरितो र अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले एटीएम सेवा संचालनमा ल्याएको जानकारी दिनुभयो । उहाले विश्व डिजिटल युगमा अगाडि बढिरहेको वेला युग सापेक्ष बैकिङ्ग सेवाको लागि एटीएम सेवा शुरु गरेको बताउनुभयो । एटीएम संचालनमा ल्याएसगै सुस्ता गाउपालीकाका ग्राहकहरुलाइ एटीएम प्रयोग गरेर बैकिङ्ग सेवा लिन थप सहज हुने उहाले विस्वास व्यक्त गर्नुभयो ।