न्यू होराईजन बुटवलमा मोवाईल एप्लिकेशन डेभलपमेन्ट तालिम

न्यू होराईजन ई बो से स्कूल, बुटवलको आयोजना र सफ्टवेरिका कलेज काठमाण्डौको सहकार्यमा मोवाईल एप्लिकेसन डेभलपमेन्ट वर्कसपको आज एक कार्यक्रमका बिच समुद्घाटन भएको छ | उक्त कार्यक्रमको समुद्घाटन न्यू होराईजन ई बो से स्कुलका प्राचार्य श्री लोकनाथ उपाध्यायले गर्नु भएको हो | विद्यार्थीको शिर्जनशिल एवम प्राविधिक क्षमतालाई उजागर एवं अभिवृद्धि गर्ने यस्ता तालिम, गोष्ठि तथा सेमिनारहरू संचालन गर्न आफू सदैव अग्रसर रहने र बिद्यार्थीको आवश्यकता र समयको माग अनुरुपका कूनैपनि शैक्षिक गतिविधिमा आफ्नो तर्फबाट सम्पूर्ण सहयोग गर्ने मन्तब्य राख्दै विद्यार्थीलाई तालिममा सिकेको ज्ञान सिप र क्षमतालाई व्यवहारमा लागु गर्न प्रेरित गर्नु भयो |
कार्यक्रममा वोल्दै क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधब प्रसाद अर्यालले आगामी दिनमा विज्ञान तथा प्रबिधि संग सम्वन्धित कार्यक्रम आयोजना गर्न चाहेमा शैक्षिक संघ संस्थाहरूलाई क्यान रुपन्देहीको तर्फबाट आर्थिक तथा प्राबिधिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो |
संस्थाका सह प्राचार्य बासुदेव अर्यालले बदलिदो प्राबिधिक युगकालागि आवश्यक जनशक्ति तयार गर्न हाम्रो पाठ्य पुस्तकको ज्ञान र सिपले मात्रै नपुग्ने भएकाले यस किसिमका तालिमहरूको आवश्यकता रहने र यस संस्था बाट त्यो आवश्यकतालाई पूर्ति गर्न निरन्तर तालिमहरू संचालन भैरहेको जानकारी दिनुभयो |
कार्यक्रममा सफ्टवेरिका कलेजको तर्फबाट सम्यमी थापा एवं प्रशिक्षक द्वय सस्मित बस्नेत र शिद्धार्थ रत्न शाक्यले तालिमको सहजिकरण गर्नुहुनेछ | कक्षा ११ र १२ का बिद्यार्थिहरुलाई लक्षित गरी संचालित उक्त तालिम दैनिक ६ घण्टाका दरले चार दिन सम्म चल्ने छ |
कार्यक्रमको मुख्य उद्धेश्य माथि प्रकाश पार्दै कार्यक्रम संयोजक एवं आई सि टि ईन्चार्ज लेखनाथ पन्थले बिद्यार्थिहरूले ११,१२ आफ्नो अौपचारिक शिक्षा अन्तर्गत प्राप्त गर्न नसक्ने तर अहिलेको विश्व बजारमा अति नै माग भैरहेको मोवाईल एप डेभलपर बन्नकालागि आवश्यक ज्ञान सिप र क्षमता अभिवृद्धि गर्न यस तालिमको आयोजना गरिएको बताउनु भयो | साथै यस संस्थाले आई सि टि सम्बन्धि विशेष तालिमहरु निरन्तर रूपमा संचालन गर्दै आएको र विद्यार्थिलाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक शिक्षा प्रदान गर्ने उद्धेश्यले कक्षा २ देखि कक्षा ७ सम्म एन सि सि बोर्ड यू के को कम्प्यूटर पाठ्यक्रम पढाई भईरहेको र कक्षा ११ र १२ का विद्यार्थीकालागि रोवोटिक्स विषय अध्यापन गराईरहेको जानकारि शिक्षक ई प्रदिप कूमार गूप्ताले जानकारि गराउनुभयो |
कार्यक्रम बिद्यालयको मेधावी विद्यार्थी स्मारिका न्यौपानेको संचालनमा सम्पन्न भएको थियो |

You might also like