कपिलवस्तु बुद्धभुमिका विद्यालयहरुलाइ एनएमबि बैंकले दियो वाटर डिस्पेन्सर
बुटवल । एनएमबि बैंक गोरुसिङ्गे शाखाले कपिलवस्तुको बुद्धभुमि नगरपालिकाका विद्यालयहरुलाइ वाटर डिस्पेन्सर प्रदान गरेको छ ।

बैंकको तर्फदेखि गोरुसिङ्गे शाखा प्रबन्धक केशर सिंह टण्डनले कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा रहेको भृकुटी मावि बुड्ढिका प्राचार्य वेदप्रसाद ढकाल, नेपाल राष्ट्रिय मावि चौरीका प्राचार्य लोकनाथ गौतम, जनकल्याण मावि बरकुलपुरका प्राचार्य टिकाराम खनाल, श्री मावि इमिलियाका प्राचार्य खगेश्वर खनाल र धनकौली मावि धनकौलीका लक्ष्मण तिवारीलाइ विद्यालयमा पुगेर एकएक ओटा वाटर डिस्पेन्सर प्रदान गर्नुभएको थियो ।

शाखा प्रबन्धक केशर सिंह टण्डनले एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तरगर्त विद्यालयका शिक्षक, विद्यार्थीहरुको लागि शुद्ध पिउनेपानी ब्यवस्थापनको लागि पाँचवटा विद्यालयमा एक एक थान वाटर डिस्पेन्सर सहयोग हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

उहाले यस अघिपनि बुद्धभुमिका पाँच विद्यालयहरु : सिद्धार्थ स्मारक मावि भेलाइका प्राचार्य डिलाराम पौडेल, गङ्गाज्योति मावि पत्थरकोटका प्राचार्य दलबहादुर जिसि, गौतम बुद्ध मावि गोरुसिङ्गेका प्राचार्य शिशिर अर्याल एवं अध्यक्ष अरुण प्रताप राणा , श्रीमावी निमडाडाका प्राचार्य जगन्नाथ चौधरी र नेपाल राष्ट्रिय मावि मोर्मीका प्राचार्य निमानन्द पोख्रेललाइ उहाहरुको विद्यालयमा गएर एकएक थान वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको बताउनुभयो ।

वाटर डिस्पेन्सर प्राप्त गरेपछि विद्यालयका प्राचार्यहरुले एशिया कै सर्वोत्कृष्ट बैंकले आफुहरुको सस्थालाइ छ्नौट गरि वाटर डिस्पेन्सर सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।