लुम्बिनी प्रदेश सभाको बिद्यार्थिहरु सँग संसद अभ्यास कार्यक्रम रोल्पामा

रोल्पा , असोज १५ ।

कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थिहरुका सँग संसद अभ्यास कार्यक्रम लिबाङमा सुरु भएको छ । प्रदेश सभा सचिवालय लुम्बिनी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको आयोजकले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्य रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथिमा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिमगर रहनु भएको बताइएको छ ।

प्रदेश सभा सचिवालय लम्बिनी प्रदेश सभाको आयोजनामा बाह्य पहुँच कार्यक्रम अन्तर्गत बालकल्याण नमुना माद्यामिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत १ सय जना बिद्यार्थिहरु लाई यस्तो अभ्यास गराइएको बताइएको छ ।

भविष्यमा युवा बिद्यार्थिहरुले नै यो देशको नेतृत्व गर्ने उद्देश्यका साथ युवा बिद्यार्थिहरुले सदरमुकाम लिबाङ स्थित जिल्ला समन्वय समितीको हलमा नमुना संसद अभ्यास गराइएको छ ।

कार्यक्रमको सहजिकरण लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगर र लुम्बिनी प्रदेश सभा सचिवालयका सुचना अधिकारी सम्झना सुबेदीले गर्नु भएको थियो ।

सहजिकरणका क्रममा बालकल्याण नमुना माद्यामिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत करिब १ सय जना सहभागि बिद्यार्थिहरु लाई प्रदेश सभाले गर्ने गतिबिधी, संसदीय कार्यबिधी, संसदीय नियमका अभ्यासहरु, संसदीय कार्य सञ्चालनका आधाभुत सिद्धान्तहरु, लुम्बिनी प्रदेश सभाको अभ्यास, लुम्बिनी प्रदेश सभाको कार्यव्यवस्था, लुम्बिनी प्रदेश सभाको संसदीय बाह्य पहुँच कार्यक्रम, नमूना संसद अभ्यासको उदेश्य, नमूना संसद अभ्यासका चुनौती तथा अवसरहरु, राज्यको ३ अंग बिचको शक्ति पृथकिकरण, प्रदेश सभाको काम, प्रदेशमा कानून निर्माण प्रक्रिया, विधेकको अर्थ, सरकारी विधेक तर्जुमा प्रक्रिया, गैर सरकारी विधेक तर्जमा प्रक्रिया, विधेक प्रदेश सभामा दर्ता प्रक्रिया, प्रदेशसभाको व्यवस्थापन सम्बन्धी संवैधानिक व्यवस्था, नेपालको संविधानको भाग १५ (प्रदेश व्यवस्थापन कार्यविधि), लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ (संविधानको धारा १९४ बमोजिम) को कानून निर्माण सम्बन्धी व्यवस्था,परिच्छेद १५ व्यवस्थापन कार्यविधी, विधेयक उपरको छलफल प्रक्रियाको परिचयात्मक चरण वा प्रथम वाचन, विधेयक उपरको छलफल प्रक्रियाको सिफारिस चरण वा दोस्रो वाचन, विधेयक उपरको छलफल र पारित प्रक्रियाको चरण वा तेस्रो वाचन, प्रमाणीकरण प्रक्रिया, आदी लगाएको बारेमा जानकारी गराइएको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्य र कार्यक्रमका बिशिष्ट अतिथि रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिमगर युवा अवस्थामा यस्तो खाले अभ्यास प्रयोगात्मक हुँदा युवा बिद्यार्थिहरुले देशको निति निमार्णमा समेत सहज भुमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नु भएको छ ।
युवा पुस्तालाई यस्तो ज्ञानको अति आवश्यक रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि र बिशिष्ट अतिथिले भविष्यमा युवा बिद्यार्थिहरुले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न पनि अहिलेको यस्तो प्रकारको अभ्यास आवस्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, बालकल्याण नमुना माद्यामिक बिद्यालय लिबाङ रोल्पाका प्रध्यानाध्यापक मधुसुदन पोखे्रल लगाएतको आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश सभा सचिवालयका कर्मचारी अशोक ढुंगानाले गर्नु भएको थियो ।

You might also like