बुटवल जेसीजद्वारा बुटवल देविनगर स्थित नविनटोललाइ जेसीजधारा हस्तान्तरण
बुटवल ।
बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस स्वर्णजयन्तीको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत बुटवल देविनगरस्थित नविनटोललाइ जेसीजधारा हस्तान्तरण गरेकोछ । बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरले बुटवल उपमहानगरपालिका वडा न ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आथित्यमा नविन टोलका अध्यक्ष बिष्णु थापालाइ धारा हस्तान्तरण गर्नुभएको थियो।

वडा अध्यक्ष रामचन्द्र क्षेत्री , टोल अध्यक्ष बिष्णु थापा, बुटवल जेसीजका अध्यक्ष हरि बिक्रम कुवर , पुर्व अध्यक्ष मनोज भट्टराईले संयुक्त रुपमा उक्त हस्तान्तरित धाराबाट जल प्रवाह गरि जेसीजधारा उद्धाटन गर्नुभएको थियो।
जेसीजधारा बुटवल जेसीज बर्ष २०२१ का अध्यक्ष गोपाल चापागाइको कार्यकालमा निर्माण गरिएको थियो । धारा हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र क्षेत्री, टोल अध्यक्ष बिष्णु थापाले धारा हस्तान्तरण गरेकोमा खुसि व्यक्त गर्दै बुटवल जेसिजलाइ आभार व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष/ स्वर्ण जयन्तीका मुल संयोजक मनोज भट्टराई, कार्यकारिणी उपाध्यक्ष एवं साप्ताहिक कार्यक्रमका मुल संयोजक अर्जुन ज्ञवाली, कार्यकारिणी उपाध्यक्ष मोहन न्यौपाने, महासचिव चन्द्रकान्त डुम्रे, उपाध्यक्ष यदुमणी पोखरेल, जेसीज पदाधिकारी एवं सदस्य, टोल विकासका सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रम बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरको अध्यक्षता, धारा निर्माण संयोजक एवं बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष मोहन न्यौपानेको स्वागत, कार्यक्रम संयोजक कमल शर्माको आस्था पाठ, महासचिव चन्द्रकान्त डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।