लायन्स क्लब अफ बुटवल मुक्तिनाथको आठौं चार्टर नाइट कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ बुटवल मुक्तिनाथले संस्था स्थापनाको आठौं बर्ष पार गरि नवौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रम हरु गरेको छ। जस्तै क्लब को आठौं चार्टरनाइट, इन्डक्सन,इन्स्टलेसन, अवार्ड सेरेमोनी, डाइरेक्ट्री बिमोचन, राहत रकम हस्तान्तरण तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता क्लब का अध्यक्ष लायन गोबिन्द प्रसाद बन्जाडे ज्यु ले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता लायन्स अन्तरास्ट्रिय डिष्ट्रीक्ट ३२५ पि, नेपाल का डिष्ट्रीक्ट गवर्नर पि.एम.जे.एफ लायन अर्जुनमान सैंजु ज्युको रहेको थियो बिशिस्ट अतिथी IPDG PMJF Lion नबराज न्यौपाने, अतिथीमा District 325P, Nepal का 1st VDG MJF Lion पुर्षोतम भक्त प्राधानाङ्ग, 2nd VDG PMJF Lion बालाराम भट्टराई, PDG MJF Lion महेन्द्रनारायण श्रेष्ठ, District Treasurer Lion दिनेश प्रसाद श्रेष्ठ, LCIF Coordinator MJF Lion संदिप कसौधन, डिष्ट्रीक्ट का अफिसर्स ज्यु हरु, क्लब का एक्स्टेन्सन,गाइडिङ्गलायन,क्लब का पुर्व अध्यक्ष ज्युहरु, विभिन्न क्लब का अध्यक्ष ज्यु हरु, कलाकार, फोटोग्राफर तथा क्लबका सदस्य ज्युहरुका परिवारको रहेको थियो । कार्यक्रम मा संस्थापक अध्यक्ष लायन बिनोद पौडेल ज्युलाई सम्मान गरिएको थियो। कार्यक्रममा क्लब का पुर्व अध्यक्ष तथा डिष्ट्रीक्ट चिफ लायन लक्ष्मण रेग्मी,एरिया ३ का एरिया चिफ लायन बिनोद सुवेदी,डिष्ट्रीक्ट एडभाइजर तथा क्लब का एक्स्टेन्सन लायन राम प्रसाद बन्जाडे, 2nd VDG PMJF लायन बालाराम भट्टराई, 1st VDG MJF Lion पुर्षोतम भक्त प्राधानाङ्ग, IPDG PMJF Lion नवराज न्यौपाने तथा प्रमुख अतिथी DG PMJF Lion अर्जुनमान सैंजु ज्यु ले शुभकामना मन्तव्य राख्नु भएको थियो। बक्ताहरुले क्लब ले गरेका उत्कृष्ट कार्यहरुको प्रशंसा गर्दै मुक्तिनाथ लायन्स ले छोटो समयमा डिष्ट्रीक्ट तथा अन्तरास्ट्रिय मा छुट्टै पहिचान बनाउन सफल भएको र यसको उचित मुल्यांकन हुने पनि जानकारी गराउनु भएको थियो। राष्ट्रीय ख्यातिप्राप्त तथा स्थानिय कलाकार हरुको बेजोड प्रस्तुतिले कार्यक्रम लाई थप मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रम संचालन क्लब का सचिव लायन राजेश गौतम ज्युले गर्नु भएको थियो भने कार्यक्रम को संयोजन क्लब का प्रथम उपाध्यक्ष लायन छबिलाल पाण्डे (कृष्ण) ज्यु ले गर्नु भएको थियो। क्लबको अर्को कार्यक्रम ल्याब तथा विशेषज्ञ टोलि सहितको निशुल्क बृहत स्वास्थ शिविर यहि मिति २०८० भदौ १६ गते शनिबारका दिन अर्घाखाँची जिल्ला छत्रदेव-६ ठुलापोखरा मा संचालन हुने क्लब का पुर्व अध्यक्ष तथा जोन-१६ का जोन चेयर पर्सन कृष्ण प्रसाद पाण्डे ज्यु ले जानकारी गराउनु भयो। उक्त कार्यक्रममा एकल महिला सहयोगार्थ रु 73321 राहत रकम समेत हस्तान्तरण गरिएको थियो ।

You might also like