“युवा पुस्ता नेपाल”ले गर्यो बुटवलमा न्याय माग्दै बाइक र्याली
बुटवल उपमहानगरपालिका वार्ड न १३ निवासी स्व. यम प्रसाद नेपालको मिति २०७९ पुस २२ गते कुटपिट पछी हत्याभएको र कुटपिट गरेको सम्पुर्ण प्रमाण हुँदा हुदै पनि न्यायलयले धरौटीमा हत्यारालाई छाेडेको र स्व. यम प्रसाद नेपालको मुद्दा कमजोर बनाउन अनेक षड्यन्त्रपूर्वक परिवारमाथि नै अनेक मुद्दा लगाएको विरुद्धमा ” युवा पुस्ता नेपाल”ले भदौ २ गते बुटवल को योगिकुटी बाट मोटरसाइकल र्याली निकालेको थियो।
र्याली बुटवलको ट्राफिक चोक हुँदै उच्च अदालत तुल्सीपुर अगाडि न्याय हराएको भन्दै दिउँसै मैनबत्ती बालेर न्यायको अनुभुती दिलाउन शान्तिपुर्ण र्याली गरेको कार्यक्रमका संयोजक लक्षमण मल्लले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्री युवा पुस्ता नेपालका अध्यक्ष गणेश न्यौपानेले अब आफुलाई बौद्धिक भन्नेहरुले दराजमा सटिफिकेट थन्काएर मात्र नराख्न आग्रह गर्दै न्यायको पक्षमा उभिएर इतिहासमा नाम लेख्न आग्रह गरे । उनले बनमा लागेको आगो निभाउनलाई कोहिली चराले खेलेको भुमिकालाई स्मरण गराउदैं सबै न्यायका पक्षधरहरुलाई यो आन्दोलनमा सरिक हुन आव्हान पनि गरे र शान्तिपुर्ण आन्दोलन बाट सुरुवात भएको यो आन्दोलन सुरुवात चरण भएको र यसलाई सामान्य लिएर अदालतले र न्यायलयले पीडित परिवारलाई न्याय नदिए र परिवारको शान्तिसुरक्षाको ग्यारेण्टि नगरे जस्तोसुकै पनि आन्दोलनगर्ने चेतावनी समेत दिएका छन्।
कार्यक्रममा युथ फर एक्सनका अध्यक्ष प्रर्यास आचार्य लागएतका युवाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्व. यम प्रसाद नेपाल लाई न्याय दे , न्याय माग्न यहाँ छाै कानुनबिध तिमी कहाँ छाै ,अब त अति भो लेखिएको पोस्टकार्ड प्रदर्शन समेत गरेका थिए ।