मुक्ति धाम टोल विकास संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न

बुटवल उप–महानगरपालिका वार्ड नं. १५ मा रहेको मुक्तिधाम टोल विकास संस्थाको सातौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष प्रेमप्रसाद पौडेल र मुक्तिराम खनालले बाचन गर्नुभएको कोषाध्यक्ष गुमाकुमारी खत्रीको प्रतिबेदन सर्बसहमत पारित भएको छ । सो अबसरमा बोल्दै प्रमुख अतिथि बुटवल वडा नं. १५ वडा अध्यक्ष एवम् नगर प्रवक्ता शिव रानाले नगरको बिकासमा टोलबिकास संस्थाको अहम भूमिका रहेको भन्दै टोल बिकास संस्थासंग नगर र वडाले सहकार्य गरेर अघि बढ्ने बताए । उनले सबैको साझा हातेमालोले नगरमा देखिएका समस्याहरु समाधान गर्न सकिने उल्लेख गरे । सो अबसरमा बोल्दै अध्यक्ष प्रेमप्रसाद पौडेलले आफुहरुले टोलका सानासाना समस्या समाधानका लागि काम गरिरहेको उल्लेख गरे । उनले टोल पहिचानको लागि ३ ओटा बोर्ड व्यवस्थापन , रोड मार्किङ्ग ,पोलमा रंग लगाउने कार्य ,मेजर रोड देखि भित्री सडकलाई चिनारी गराउन ५ वटा बोर्ड तयार,तिरही चोक, गोबरिया सडक, मुक्तिधाम ५ नं. पचमा वर्षायाममा मिस्कट राखियो। मुक्तिघाट (कर्साघाट) जाने भिरालो सडकमा वडा कार्यलय सँग समन्वय गरी ८५ ट्राली मिस्कट हाली आवत जावत गर्न सहज बनाइएको बताए ।
सो अबसरमा टोलका पूर्व अध्यक्ष एवम् सल्लाहकार सदस्य छविलाल सुवेदी,वडा नं. १५ का जनप्रतिनिधि सदस्य कुल प्रसाद लम्साल , सदस्यरमा पौडेल पराजुली , सदस्य सुर्य काफ्ले,सदस्य मन्जु दर्जी , वार्ड सचिव मेघराज काफ्ले,टोलसमितिका तर्फबाट चिरत्तिजबी लम्साल लगायतले बोलेका थिए । ९७ घरधुरी रहेको मुक्तिधाम टोल विकास संस्थाले आर्थिक बर्ष २०७९ ÷८० का ५ लाख २८ हजार १९५ बराबरको आय ब्यय प्रस्तुत गरेको छ ।

You might also like