लायन्स क्लव अफ सैनामैना मलमलाको पद हस्तान्तरण सम्पन्न

बुटवल, असार १९ । लायन्स क्लव अफ सैनामैना मलमलाको बर्ष २३/२४ का लागी पद हस्तान्तरण गरिएको छ । सोमवार सैनामैनाकाे वाटर वर्ल्ड रिसोर्टमा सम्पन्न एक कार्यक्रम बीच वर्ष २२/२३ का अध्यक्ष युवराज कार्कीले २३/२४ का अध्यक्ष विजय काफ्लेलाइ पद हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी लायन्स डिस्ट्रिक ३२५ पिका पी.एम. जे.एफ. लायन बालाराम भट्टराईले बोल्दै क्लबको ईतिहास त्यति लामो नभए पनि क्लवले छोटो समयमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै अझै सामाजीक उत्तरदायित्व अन्तर्गत कार्यक्रमकाे रफ्तार बढाउनु पर्नेमा जोड दिएका थिए । उनले वार्षिक योजनाअनुसार क्लवलाइ अगाडी बढाउँदै रचनात्मक कामका लागी शुभकामना व्यक्त गरे । कार्यक्रममा विशिष्ट अतिथि निवर्तमान एरिया चिफ लायन माधव खनाल ,२२/२३ का रिजन चेयर पर्सन गुणाखर भण्डारी,२३/२४ का जोन चियर पर्सन बाबुराम खनाल , चार्टर्ड प्रेसिडेन्ट लायन कृष्ण प्रसाद शर्मा, आई पी पी सरोज पन्थ, घनश्याम पाण्डे ,लायन्स सैनामैना बोलबमकी अध्यक्ष सुशीला पन्थ, क्लवका सल्लाहाकार लेखनाथ गैरे, सैनामैना स्टारका चार्टर प्रेसिडेन्ट कृष्ण ज्ञवाली,२३/२४ का अध्यक्ष शिव पोख्रेल लगायतले बोल्दै धेरै क्लवहरुको बीचमा सैनामैना मलमलाले आफूलाई छुट्टै क्लबको पहिचान दिनेगरी काम गर्नु पर्नेमा जोड दिएका थिए । बिभिन्न सांस्कृतिक प्रस्तुती समेत गरिएको बिशेष कार्यक्रममा २२/२३ का अध्यक्ष युवराज कार्कीले क्लबलाइ आफनो कार्यकालमा सहयोग गर्ने बिभिन्न व्यक्तिहरूलाई विशेष सम्मान समेत गरेका थिय । यस्तै नवनिर्वाचित अध्यक्ष बिजय काफ्लेले सबैको साथ सहयोग र समर्थनमा नगरस्तरीय विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाएका थिए । कार्यक्रम संस्थाका सचिव चन्द्रप्रकास बनकाे सञ्चालनमा सम्पन्न भयको थियो भने स्वागत आईपीपी लायन सरोज पन्थकाे स्वागतमा सम्पन्न भएको थियो ।

You might also like