पछिल्लो ३ घण्टादेखि रुपन्देहीलगायत विभिन्न ठाउँमा वर्षा । सतर्क रहन मौसम विभागको आग्रह

बुटवल । हाल देशमा मनसुनी वायुको प्रभाव रहेका कारण धेरै स्थानमा वर्षा भैरहेको छ । रुपन्देहीसहित आसपासका जिल्लाहरुमा रहेका खहरे खोला तथा राजमार्गमा यात्रागर्दा आजवश्यक सुरक्षा सजगता अपनाउन नेपाल बाढी सुचनाले सचेत गराएको छ ।
विहान ५.३० मा जारी सुचनामा पछिल्लो ३ घण्टामा तनहूँ, नवलपरासी बर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा र आसपास भारी बर्षा भएको जनाएको छ । यसैगरी नवलपुर र आसपास भई बहने बिनयखोला लगायत अन्य स-सना खहरे खोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । पूर्व पश्चिम राजमार्गमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन सुचनामा आग्रह गरिएको छ ।
यसैगरी शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखादे जनाएको छ ।

You might also like