वेस्टर्न मेगा कलेजमा फुड प्रोडक्शन & क्याटेरिङ्ग म्यानेजमेन्ट अन्तर्गतको प्रयोगात्मक कार्यक्रमको आयोजना

बुटवल को ढवाहा मा रहेको वेस्टर्न मेगा कलेजका विद्यार्थीहरुले नेपालको मौलिकता झल्किने गरि क्याटेरिङ्ग इभेन्ट सम्पन्न गरेका छन्। बि एच एम चौथो सेमेस्टर अन्तर्गत रहेको फूड प्रोडक्शन & क्याटेरिङ्ग म्यानेजमेन्ट बिषय अन्तर्गतको प्रयोगात्मक शिक्षा स्वरुप उक्त कार्यक्रमको आयोजना गरेका हुन्।
हरेक शैक्षिक बर्षको चौथो सेमेस्टरमा भिन्न भिन्न विषयवस्तु माथि क्याटेरिङ्ग इभेन्टको आयोजना भै आइरहेको यस कलेजमा यो पटक भने केहि फरक र पृथक बनाउने उदेश्यले नेपालको पहिचान हिमाल पहाड र तराईलाइ समाबेस गरि नेपालको तिनै भौगोलिक क्षेत्रलाई समेट्ने गरि उक्त क्षेत्रका मौलिक खानाका परिकारहरु बनाएका थिए। खाना संगै सस्कृति झल्काउने गरि हिमाल पहाड र तराईका पोशाकमा सजिइ मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए। यसले सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षालाइ व्याबहारिक तथा बिद्यार्थीलाइ वास्तविक फिल्डमा उत्रन सहयोग गर्ने शिक्षकहरुको भनाइ छ। नेपाल र नेपालीको शान हिमाल पहाड तराइको भौगोलिक मौलिकता झल्काउने खानासहितको पाकशिक्षा अनुरुप विद्यार्थीहरुले geographical fusion catering event २०२३ को आयोजना गरेका हुन्। उक्त इभेन्टले विद्यार्थीलाई बास्तविक होटेल म्यानेजमेन्टका च्यालेन्ज तथा कमजोरी अनुभव र यसलाई सच्याएर लैजाने शिक्षा प्राप्त गर्न सकिने हुदा हरेक सेमेस्टर मा भिन्न भिन्न इवेन्ट आयोजना गरिएको वेस्टर्न मेगा कलेजका प्रचार्य श्रीप्रशाद भट्टराईले जानकारी दिनु भयो। बिधार्थिमा सैद्धान्तिक , प्रयोगात्मक , ब्यबहारिक र व्यबसायिक जस्ता चौतर्फी शिक्षाको विकाशका लागि यस कलेज ले बि-भिन्न अवसरहरुमा फरक फरक किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामी दिनमा पनि यस्तै प्रयत्न गरिरहने उहाको भनाइ छ।
उक्त कार्यक्रममा विभिन्न व्यक्तित्व हरुको उपस्थिति संगै फागु पुर्णिमाको अवसरमा गरीएको उक्त इभेन्टमा होलि तथा फागु पुर्णिमाको शुभकामना आदान प्रदान गरिएको थियो।

You might also like