लुम्बिनी प्रदेश : कांग्रेस संसदीय दलको नेतामा शिक्षा मन्त्री खाँनको दाबि
रुपन्देही । नेपाली कांग्रेस संसदीय दलको नेतामा लुम्बिनी प्रदेशका शिक्षा , युवा तथा खेलकुद मन्त्री बसीउद्दिन खाँनले दावि गर्नुभएको छ ।
लुम्बिनी प्रदेशमा ५ दलिय गठबन्धनको नेतृत्वमा बनेको सरकारका मन्त्री बन्नु भएका खाँन प्रदेशमै अब्बल रुपमा मन्त्रालयको जिम्मेवारी समालेका नेताको रुपमा चिनिनु हुन्छ ।
प्रदेशमा मन्त्री समेत भैसकेको र कार्य सम्पादन र मुल्याङ्कनको हिसावले पनि सबै भन्दा राम्रो संग मन्त्रालय हाकेको अनुभव लिई सक्नु भएका मन्त्री खाँन कांग्रेस संसदीय दलको नेतामा आफू बलियो उम्मेदवारको रुपमा रहेको बताउनु भएको छ ।
रुपन्देही क्षेत्र नम्बर ४(ख)बाट भारी मातान्तरले विजय हुनुभएका खाँन जनता माँझ पनि लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ ।
०७४ निर्वाचनमा पनि पहिलो चरणमा दलको नेतामा आफ्नो दावि रहेको तर पछि पार्टिका नेताहरुको निर्देशनमा आफू पछि हटेको बताउँदै खाँनले पार्टी शिर्ष नेतृत्वले पनि आफूलाईनै दलको नेता बनाउन सहयोग गर्नेमा विश्वस्त रहेको बताउनुभयो।
खाँनेले आफु सर्वसम्मत रुपमा दलको नेता बन्न चाहेको तर यदी चुनावमै गएको खण्डमा पनि आफू उम्मेदवार बन्ने बताउनु हुन्छ ।