नेपालमा बाघको संख्या २३५, पाँच वर्षमा ३७ वटा बढ्यो

नेपालमा बाघको संख्या २ सय ३५ पुगेको छ । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर वाघको संख्या सार्वजनिक गरेको हो । यसअघि सन् २०१३ को गणनामा १९८ वटा बाघ रहेकोमा ५ वर्षमा बढेर २ सय ३५ पुगेको हो ।

सार्वजनिक तथ्याङ्कअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा रहेको छ । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेको छ ।यसअघि सन् २०१३ मा गरिएको वाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा १२० वटा बाघ थिए । त्यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा बाँघ रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *