स्टार बन्दै अफगानिस्तान, बंगलादेश पनि भारी अन्तरले पराजित

एसिया कप क्रिकेटमा अफगानिस्तानले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै समूह बीको विजेता बनेको छ ।बिहीबार राति भएको समूह बीको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनले पराजित गर्दै नसोचेको नतिजा हात पारेको हो । यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकामाथि अफगानिस्तानले ९१ रनको जित हात पारेको थियो ।आबुधावीस्थित शेख जायद स्टेडियममा अफगानिस्तानले प्रस्तुत गरेको २५६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४२.१ ओभरमा सबै विकेटको क्षतिमा ११९ रन मात्रै बनाउन सक्यो ।बंगलादेशमाथि भारीअन्तरले विजयी भएसँगै अफगानिस्तान समूह बी को विजेता बनेको छ । बंगलादेशका लागि शाकिब अल हसनले ३२, ममुदउल्लाहले २७ र मोसाडेक हुसेनले अविजित २६ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका राशिद खान, मुजिब उर रहमान र गुलाबदिन नाइबले समान २–२ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५५ रन बनाएको थियो । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले सर्वाधिक ५८ रन बनाए । त्यस्तै, राशिद खानले अविजित ५७ र गुलाबदिन नाइबले अविजित ४२ रन बनाएपछि अफगानिस्तानले राम्रो योगफल तय गरेको थियो ।यता, बंगलादेशका सकिब अल हसनले ४ विकेट लिए।

Sources :ttps://www.onlinekhabar.com/2018/09/708045

Leave a Reply

Your email address will not be published. Required fields are marked *